Skip

Hamro Sanchar

एम्बुलेन्स दुर्घटना हुँदा बाँकेमा ४ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


Advertisement

१६ असार, काठमाडौं । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगन्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

रुकुमको पश्चिम चौरजहारी नगरपालिका–५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएको भे१ झ३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक ढकालसहित एम्बुलेन्समा सवार रुकुम चौरजहारी–१० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। भने चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिकृया दिनुहोस्