Skip

Hamro Sanchar

अब बिजुली मर्मत गर्दा जानेछैन बत्ति, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १४ गते


१४ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई अवरोधरहित विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले लाइन नकाटी नै बिजुली मर्मत–सम्भार गर्ने कार्यको सुरुवात गरेको छ।

लुम्बिनी प्रादेशिक कार्यालयबाट नमुना परियोजनाका रूपमा बुटवल–११, कालिकानगरस्थित ११ केभी लाइनमा अत्याधुनिक उपकरण प्रयोग गरी मर्मत कार्य गरिएको हो।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले प्रभावकारिता र आवश्यकताका आधारमा यो प्रविधि विशेषगरी सहरी क्षेत्रमा विस्तार गरिने बताए।

यसबाट भविष्यमा मर्मतका लागि हुने लाइन कटौती घट्ने र उपभोक्ताले थप भरपर्दो तथा निरन्तर विद्युत सेवा पाउने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्