
१३ असार, प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ५ बजे स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
उक्त गाडी उममेयर राना मगरले चलाइरहेको बताइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट खाल प्युठानबाट प्रहरी नायब निरीक्षक कृष्ण बहादुर केसीको कमाण्डमा २ जनाको टोली र इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डमा ५ जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी नरहरि अधिकारीले उपप्रमुख रानाको उद्धारका लागि टोली घटनास्थल पुगेको भए पनि अझै उद्धार हुन नसकेको बताए ।
घटनास्थल अस्थायी प्रहरी पोस्ट खालबाट करिब ९ किलोमिटर उत्तर–पूर्वमा पर्ने उनले बताए । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
राना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित उपमेयर हुन्






























