Skip

Hamro Sanchar

सरकारी सञ्चार माध्यम राससमा जागिर खान चाहनुहुन्छ ? १७ पदका लागि खुल्यो आवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


१२ असार, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)मा विभिन्न पदका लागि जागिर खुलेकोे छ।

राससले विज्ञापन मार्फत बिभिन् १७ वटा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न तह र श्रेणीका पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो।

समितिले आठौँ तहको समाचार दातारवरिष्ठ सम्पादक पदमा १ जना, छैटौँ तहको उपसमाचार दाता र उपसम्पादक पदमा खुल्ला, महिला र आदिवासी जनजाति कोटामा गरी ४ जना, तथा छैटौँ तहकै अधिकृत र अधिकृत ९कम्प्युटर० पदमा गरी ३ जना कर्मचारी माग गरेको छ।

त्यस्तै, पाँचौँ तहको वरिष्ठ सहायकमा १ जना र चौथो तहको सहायक पदमा खुल्ला, महिला, मधेसी, दलित र अपाङ्गता भएका व्यक्तिहरूका लागि गरी जम्मा ८ जना कर्मचारी माग गरिएको छ।

यस विज्ञापनका लागि योग्यता पुगेका उम्मेदवारले असार ३२ गतेसम्म नियमित दस्तुरमा र साउन ७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्नेछन्।

दरखास्त फाराम राससको वेबसाइटबाट डाउनलोड गरी आवश्यक शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको फोटोसहित भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।

परीक्षाको दस्तुर तह अनुसार ६०० देखि १२०० रुपैयाँसम्म तोकिएको छ भने समावेशी समूहका लागि थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ।

लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष (महिला र अपाङ्गको हकमा ४० वर्ष र अधिकृत स्तरमा ४५ वर्ष) ननाघेको हुनुपर्नेछ।

थप विस्तृत जानकारीका लागि राससको आधिकारिक वेबसाइट हेर्न सकिनेछ ।

 

 

 


प्रतिकृया दिनुहोस्