Skip

Hamro Sanchar

कतार विस्फोटमा नेपाली पनि परे, कस्तो छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


९ असार, काठमाडौं । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा नेपाली पनि परेका छन् ।

१३ जनाको मृत्यु भएको विस्फोटको घटनामा नेपाली पनि घाइते भएका हुन् । मृत्यु हुने १३ जनामा १२ भारतीय नागरिक रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले घाइते हुनेहरूमा नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायत धेरै देशका नागरिक रहेको बताएका छन् ।

घाइते भएका ६६ जनाको उपचार भइरहेको छ । घाइतेहरू कसैको पनि ज्यान जोखिममा नरहेको समाचारमा उल्लेख छ।

कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी, कतार इनर्जीले सञ्चालन सुरु गर्ने क्रममा विस्फोट भएको बताएको छ, जसको परिणामस्वरूप बरजान ग्यास आपूर्ति सुविधामा विस्फोट र आगलागी भएको छ ।


प्रतिकृया दिनुहोस्