Skip

Hamro Sanchar

भक्तपुरमा चक्कु प्रहारबाट एक युवकको हत्या, ३ जना प्रहरीको नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


९ असार, काठमाडौँ । भक्तपुरको भक्तपुर-१ नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ-झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

महोत्तरी मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो।

गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान  सवा ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्