
७ असार, काठमाडौं । हास्य कलाका खेम शर्माको निधन भएको छ । कलाकार सरोज खनालले सामाजिक सन्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
दुई दशकदेखि अमेरिकाको बाल्टिमोर राज्यम सपरिवार बसोबास गर्दै आएका उनी पछिल्लो केही वर्षदेखि क्यान्सर रोगले ग्रस्त थिए ।
शर्मा ‘चतुरे’ पात्रका नामले चिनिन्थे । ४० को दशकमा रङ्गमञ्चबाट कलाकारिता यात्रा शुरू गरेका उनले असंख्य टेली चलचित्र, भिडियो र ठूलो पर्दाका चलचित्रमा काम गरेका छन् ।
हास्य कलाकार तैयव शाहका अनुसार अभिनयकर्मलाई आफ्नो जीवनको मूलकर्म मान्ने उनी पछिल्लो समय आर्थिक र पारिवारिक व्यवस्थापनका निम्ति अमेरिका बस्दै आएका थिए । उनी र शिवहरि शर्मा ‘मुखा हानुजस्तो’ को जोडी एकताका निकै सफल र चर्चामा थियोे ।
उनी चितवनका बासिन्दा थिए ।
उनले अभिनय गरेको टेली शृङ्खला चतुरेको दाउपेच बढी चर्कामा थियो । काठमाडौंस्थित फ्रान्सेली केन्द्रको सहयोगमा निर्मित अर्को टेली शृङ्खला बिना चिहानको मृत्युले पनि उनलाई चर्चामा ल्याएको थियो । गाइजात्रा प्रस्तुतिमा उनी शैलेन्द्र सिम्खडा, शिवहरि पौडेल, तैयव शाह, उत्तम केसीहरुको समूहमा आबद्ध हुने गरेका थिए






























