
४ असार, काठमाडौं । लेबी नतिर्ने रास्वपा प्रतिनिधि महाधिवेशनमा जान नपाउने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने निर्णय गरेको हो ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुुनपर्नेछ ।
साथै, आजको बैठकबाट लेबी तिर्न बाँकी भएकालाई पनि अनुरोध गरिएको उनले बताए ।






























