
२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
संसदको सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा बोल्दै मन्त्री वाग्लेले नैतिकताको उच्च कडिमा उभिएर बनाएको छव धमिल्याउन नियोजित रूपमा केही प्यक्तिहरू आफूविरुद्ध लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाए ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ रु’
बैठकमा सांसदहरूले करका दर हेरफेर र भन्सारमा अनियमितता भइरहेको विषयमा प्रश्न उठाएका थिए । उनीहरूले यसविषयमा उच्चस्तरीय छानबिनको माग पनि गरे ।






























