Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२० दिनको बिदापछि सर्वोच्च फर्किन् न्यायाधीश मल्ल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २५ गते


Advertisement

२५ जेठ, काठमाडौं । करिब ३ साताको लामो बिदामा बसेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छन्।

आज सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन्।

आज न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ। मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलाससमेत छ।

यसअघि कामु प्रधान न्यायाधीशसमेत भइसकेकी मल्ल सरकारले आफूलाई प्रधान न्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी थिइन्।

सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।

प्रधानन्यायाधीश नियुक्तिपछि २० बिदामा बसेपछि उनी पहिलोपटक आज अदालतमा हाजिर भएकी हुन् ।


प्रतिकृया दिनुहोस्