Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ईश्वरी हत्या प्रकरण :  नेपाली ब्रो सहित ४ जना प्रहरीको फन्दामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २४ गते


Advertisement

२४ जेठ, काठमाडौं । ईश्वरी भुजेलको हत्या घटनामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ साढे ९ बजे तारकेश्वर नगरपालिका-६ पैँयुटार बस्ने ईश्वरीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान नेपाली ब्रो भन्ने कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

उनीसँगै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा पैँयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य छन्।

उनीहरूविरूद्ध किटानी जाहेरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो। काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

शुक्रबार राति नेपाली ब्रो भन्ने कुमार थापाले घरासयी वादमा आफ्नी श्रीमती ईश्वरीमाथि धारिलो हतियार प्रहार गरेका थिए।

हतियारबाट गम्भीर घाइते भएकी ईश्वरीलाई तारकेश्वर सिटी अस्पताल लगिएको थियो। त्यहाँबाट त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।


प्रतिकृया दिनुहोस्