Skip

Hamro Sanchar

गायक पशुपति शर्मा फिल्म खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


२१ जेठ, काठमाडौं । दर्शकले अब लोकदोहोरी गायक पशुपति शर्मालाई चलचित्रमा नायकको भूमिकामा देख्न पाउने भएका छन् ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पशुपति शर्माको अभिनय रहने भएको छ । यसका लागि उनले कागजी सम्झौता पनि गरिसकेका छन् ।

सम्झौता भइसके पनि चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।

चलचित्रमा कथा तथा निर्देशन अमरदीप सापकोटाको रहनेछ । सिनेमाको निर्माता रघुनाथ सापकोटा हुन् ।

चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जानेछ । अन्य कलाकार भने निर्माणपक्षले सार्वजनिक गरेको छैन


प्रतिकृया दिनुहोस्