
१५ जेठ, काठमाडौं । बालेन्द्र नेतृत्वको सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ।
आज आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।
उनले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बताए।
कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए।
उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए।




























