Skip

Hamro Sanchar

इजरायलमा २३ सय नेपालीका लागि जागिर , तलव कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । इजरायलले थप दुई हजार ३०० नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागले इच्छुक नेपाली पुरुष तथा महिला कामदारलाई आवदेन दिन अनुरोध समेत गरेको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्न इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ ।

इच्छुकले २१ दिनभित्र आवेदन दिइसक्नु पर्ने विभागको सूचनामा उल्लेख छ । इजरायलले माग गरेको दुई हजार ३०० कामदारमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् ।

छनोट भई इजरायलमा काम गर्न जानेको मासिक तलब ६ हजार ४४३।८५ एनआइएस ९करिब ३ लाख ४७ हजार रुपैयाँ० हुने जनाइएको छ । सुरुमा करार अवधि एक वर्षको हुने र थप गर्दै बढीमा पाँच वर्षसम्म हुनेछ ।

आवेदन दिनको लाग २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन दिने व्यक्ति कम्तीमा १।५ मिटर उचाई र कम्तिमा ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ ।

“कम्तीमा १० कक्षा उर्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा, वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धि कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ,” सूचनामा यस्तो व्यक्तिले आवेदन दिन सक्ने उल्लेख छ ।

विगतमा इजरायलमा गई कार्य नगरेको र बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन् ।

 


प्रतिकृया दिनुहोस्