
४ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार बाट भागेकि सपना तामाङ पक्राउ परेकी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो।
कार्यालयका एसएसपी सन्तोष खड्काले लुकिछिपि बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी थिइन् ।
शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् ।
जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् ।
दोस्रोपटक जेलबाट फरार नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
सपना नाबालिग हुँदादेखि नै अपराध कर्ममा संलग्न भएको प्रहरीले बताएको छ ।













