Skip

Hamro Sanchar

लिग-२ मा आज नेपाल र स्कटल्यान्ड भिड्दै, हारको बदला लिने दाउमा नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


४ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्ड संग भिड्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ।

जारी लिग–२ मा नेपाल र अमेरिकालाई डीएल मेथडमा समान २ रनले हराएको स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ। स्कटल्यान्ड घरेलु मैदानमा नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ।

शनिबार अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्न चाहन्छ।

नेपाली टोली आजको खेलमा स्कटल्यान्डलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ।

 


प्रतिकृया दिनुहोस्