Skip

Hamro Sanchar

अमेरिकाविरुद्ध कुशल भुर्तेलको शानदार शतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध शतक प्रहार गरेका छन्।

शनिबार कुशलले १०४ बलमा १२ चौका र ३ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। ओडीआईमा भुर्तेलको यो दोस्रो शतक हो।

लिग–२ शृंखलाको पछिल्लो तीन खेलमा भुर्तेल बेन्चमा थिए। भुर्तेलले यसअघि २०२३ मा घरेलु मैदानमा नै लिग–२ शृंखलामा नामिबियाविरुद्ध शतक पूरा गरेका थिए।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभरको खेल जारी रहँदा एक विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ।
क्रिजमा भुर्तेल सय रनमा र इशान पाण्डे आठ रनमा अविजित छन्।


प्रतिकृया दिनुहोस्