
२ जेठ, काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) एकसाथ सरुवा भएका छन्।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एकसाथ ४६ जना एसपीहरूको सरुवा गरेको हो।
यही जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी एसपीहरुको काज सरुवा गरिएको सूचनामा उल्लेख छ।

















