Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


Advertisement

२९ बैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज मंगलबारदेखि सुरु हुँदैछ।

सिरिजको पहिलो खेलमा आज घरेलु टोली नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु मैदानमा हुन लागेको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

यसअघि घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमानबीचको श्रृङ्खलामा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो।

नेपाल ‘ए’ टीमले अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज क्लीन स्वीप गरेसँगै राष्ट्रिय टीमको मनोबल बढाएको छ।

नेपाली टोलीलाई घरेलु मैदानको फाइदा उठाउन राम्रो मौका रहेको छ।

लिग–२ को अंकतालिकामा अमेरिका शीर्षस्थानमा छ। २४ खेलमा १८ जित तथा ६ हारको नतिजासहित उसले ३६ अंक जोडेको छ।

यस्तै, २८ खेलमा १४ जित र ८ हारको नजितासहित ३४ अंक बटुलेको स्कटल्याण्ड दोस्रो स्थानमा छ भने नेपाल २४ खेलबाट ८ जित र १४ हारको नतिजासहित १८ अंकसहित सातौं स्थानमा छ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।


प्रतिकृया दिनुहोस्