Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


Advertisement

२८ बैशाख, काठमाडौं । निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज शर्मालाई पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप छ।

सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।

निर्माण व्यवसायी शर्मालाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको उनले जानकारी दिए।


प्रतिकृया दिनुहोस्