Skip

Hamro Sanchar

यस वर्ष कम पानी पर्ने र गर्मी धेरै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


२५ बैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको प्रक्षेपण सार्वजनिक गरको छ ।

देशका अधिकांश क्षेत्रमा यो वर्ष गतवर्षको तुलनामा सरदरभन्दा कम वर्षा हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका आँकलनअनुसार यस वर्ष देशभर अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना छ।

महाशाखाले गर्मी बढ्ने संकेत देखिएको जनाएको छ । कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना रहनेछ ।

त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भूभागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्