Skip

Hamro Sanchar

‘आ बाट आमा-२’ को शुभमुर्हूत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ आमा-२’ को शुभमुर्हूत गरिएको छ। सोमबार बिहान निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो।

आज निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजाअर्चना गर्दै कामलाई अगाडि बढाएको छ। यो फिल्म अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट हो।

‘आ बाट आमा’ का केही कलाकारले ‘आ आमा-२’ मा पनि निरन्तरता पाएका छन्। अघिल्ला फिल्ममा काम गरेका विपना थापा,पल शाह, प्रदीप रावत, गजित विष्ट लगायतका कलाकार दोहोरिएका छन्।

दोस्रो पार्टमा आकाश श्रेष्ठ र नरेन खड्का जोडिएका छन्। यस फिल्ममा अभिनेत्री भने छनोट हुन बाँकी छन्।

अन्य कलाकार छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार केहि दिनमा नै यस फिल्मका सम्पूर्ण कलाकार छनोट गरिनेछ।

निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केही दिनमा नै टुङ्गो लाग्ने बताए। अहिले फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको जानकारी दिए।

निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दशैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ ।


प्रतिकृया दिनुहोस्