Skip

Hamro Sanchar

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


Advertisement

१५ बैशाख, काठमाडौँ। स्वस्तिमा खड्का अभिनित चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले ‘लालीबजार’ चलचित्र यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको हो। चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्।

यम थापा निर्देशित चलचित्र वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ।

‘लालीबजार’ १८ बैशाखदेखि प्रदर्शनको तयारीमा थियो।


प्रतिकृया दिनुहोस्