Skip

Hamro Sanchar

लालीबजारको प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, काठमाडौैं । यसै साता प्रदर्शन तयारीमा रहेको फिल्म लालीबजार को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।

बादी समुदायको तर्फबाट रोशनी नेपाली बादीले सोमबार रिट दर्ता गरेकी हुन्। पाटन अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले रिट आएको पुष्टी गरे। दर्ता भएको नभएको भने आफूले फलोअप नगरेको उनले बताए।

रिट निवेदक रोशनीले भने आफ्नो रिट दर्ता भएर भोलीका लागि पेशी तोकिएको जानकारी दिइन्।

फिल्म लालीबजारले बादी समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको उनको आरोप छ। त्यसैले प्रदर्शन रोक्न माग गर्दै आफू अदालत गएको रोशनीले बताइन्।

फिल्मको कथावस्तु, प्रस्तुतिमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले फिल्मको प्रदर्शन रोक्न माग गरेका छौं। अब हामी कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छौं, उनले भनिन्।

षट्कोण आर्ट्सको प्रस्तुति रहेको लालीबजार वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा छ। फिल्मले बादी समुदायका महिलाको संघर्षको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

 

 


प्रतिकृया दिनुहोस्