
२६ चैत, काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकामै बलात्कारको मुद्धा दर्ता भएको छ । अमेरिकामा बस्ने संगम विष्टले आफुमाथी बलेले बलात्कार गरेको भन्दै एफआइआर दर्ता गरेको श्रोतले बताएको छ ।
दुइ दिन अघि न्युयोर्क सिटि पुलिस डिपार्टमेन्ट एनवाइपीडीमा दर्ता एफआइआरको प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ । अब उक्त मुद्धामा अमेरिकन प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।
संगमले केही आफ्नो दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा भेट भएको र उनलाई फ्ल्याट देखाउन लगेको बेला दाइजस्तो मानेको व्यक्तिले आफूलाई जबरजस्ति करणी गरेको भनेकी थिइन् ।
संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको छ । तर, प्रहरीमा उनीविरुद्ध जाहेरी भने परेको छैन । बलात्कारको जाहेरी नपरेको हुँदा प्रहरीले जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेको थियो ।













