Skip

Hamro Sanchar

फेवाताल जग्गा प्रकरण : ठगिएको गृहमन्त्रीको दाबी, कानुनी उपचारमा जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । गृहमन्त्री सुुदन गुरुङले फेवातल जग्गा प्रकरणमा आफु ठगिएको दाबी गरेका छन् । गृहमन्त्री फेवाताल जग्गा प्रकरणमा मुछिएपछि सचिवालयले मन्त्री गुरुङ ठगिएको दाबी गर्दे कानुनी उपचारमा जाने बताएको छ ।

गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको जग्गासमेत अतिक्रमणभित्रकै रहेको पाइएको हो ।

जग्गा लिजमा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार कानुनी उपचारमा जाने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ आजभन्दा करिब ८(१० वर्ष अगाडि मन्त्री गुरुङसहित तीन जना युवा उद्यमीहरू मिलेर एड्भेन्चर स्पोर्ट्स नेपाल सञ्चालन गर्ने योजना अघि बढाएका थिए ।

आफूहरुलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको पनि गुरुङले बताए । मन्त्री गुरुङले यो ठगीविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्