Skip

Hamro Sanchar

हर्कको श्रम संस्कृती पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २१ गते


Advertisement

२१ चैत, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ।

पार्टीका अध्यक्ष एवम् संसदीय दल नेता साम्पाङले आज फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी गराएका हुन् ।

उनले लेखेका छन् ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९ ?

सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा)का डिपी अर्याल हुने निश्चित भएको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा उनको मात्रै उम्मेदवारी परेको थियो।

आइतबार उनी सभामुख नियुक्त हुनेछन्। उपसभामुख भने विपक्षी दललाई दिइने अभ्यास छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्