
२० चैत, काठमाडौं । कलाकार सागर लम्साल बलेलाई छायांकनरत फिल्म पाँच पाण्डवबाट निष्कासन गरिएको छ।
फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रा।लि।ले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।
शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतिले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरले आफूलाई एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपछि सागरलाई फिल्मबाट निष्कासन गरिएको जनाइएको छ।
आरोपित नीज लम्साल हाम्रो चलचित्र पाँच पाण्डवको एक चरित्रमा समेत आबद्ध भएकाले जघन्य अपराधमा स्वयं पीडित युवतिले नै आरोप लगाइसकेपछि फिल्म निर्माण ब्यानर कालारानी फिल्मस्ले आपतकालीन बैठक बसेर आरोपित सागर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गरेको छ,विज्ञप्तिमा भनिएको छ।
पाँच पाण्डवमा सागरको ९० प्रतिशत दृश्य खिचिसकिएको भए पनि अब उनी फिल्मको हिस्सेदार नरहने र उनी संलग्न रहेका कुनै पनि दृश्य फिल्ममा नहुने जनाइएको छ ।














