
२० चैत, काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका हुन् ।
एमाले संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर पदाधिकारीहरूबीच असन्तुष्टि बढेपछि आकस्मिक रूपमा केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा दलका नेता थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।
कार्यालय स्रोतका अनुसार सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ ।
उपाध्यक्ष पौडेलले संसदीय दलका नेता थापाले संसदमा दिएको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन् ।
प्रतिनिधिसभामा थापाले ब्यक्त गरेको विचारका सम्बन्धमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने पौडेलले बताएका छन् ।
त्क्ष्ब्ीष्खभचउयय
िउपमहासचिव योगेश भट्टराईले संसदीय दलका नेता रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै काउन्टर हुने गरी सामाजिक सञ्जालमा लेखेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति आफ्नो पार्टीको कुनै पनि वैरभाव नभएको बताएका छन् । उनले नेपाली सेनालगायतका सुरक्षा, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको विश्वास रहिरहने उल्लेख गरेका छन् ।
अर्का उपाध्यक्ष गोकर्ण विष्टले पनि थापाको भनाइप्रति असन्तुष्टि जनाएका छन् ।














