Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


Advertisement

१९ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमबार हुने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्वाचनको मिति तोकेका हुन्।

अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गरेको जानकारी दिए।

उनले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन समेत दिएका छन्।

यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मङ्गलबारको मिति तोकिएको छ।

नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।


प्रतिकृया दिनुहोस्