Skip

Hamro Sanchar

पहिलो बैठकमै एमालेको विरोध, ओली र लेखकलाइ रिहाइ गर्न माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ ।

सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले बैठकको सुरुमै बोल्न समय मागेका थिए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अनुरोध गर्दा पनि नबसेपछि दुई मिनेट समय दिएका थिए । बरालले नागरिकको मौलिक हक हनन् भएको बताउँदै भने– केपी ओली र रमेश लेखकलाई आजै रिहा गरियोस् ।”


प्रतिकृया दिनुहोस्