Skip

Hamro Sanchar

संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने, वर्षमान जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


१९ चैत, काठमाडौँ । निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् ।

पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।


प्रतिकृया दिनुहोस्