Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीलाई पिसाबको संक्रमण भएपछि शल्यक्रिया केही दिन पछि सर्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


Advertisement

१९ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पिसाबको संक्रमण देखिएको छ।

जसले गर्दा पत्थरीको शल्यक्रिया पनि केही दिन पछि सरेको छ।

काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीको बिहीबार युरिन टेस्ट रिपोर्ट आएको छ।

रिपोर्टमा पिसाबको संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले पिसाबमा संक्रमण देखिएकाले उपचार भइरहेको जानकारी दिए।

यसअघि नै ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। उनको पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। तर पिसाबको संक्रमण देखिएपछि केही समय पछि सारिएको छ।

पिसाब संक्रमण ठिक भएपछि पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिने सूचना अधिकारी रोस्याराले बताए।


प्रतिकृया दिनुहोस्