Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन थापासँग झुक्न सकिदैन : शेखर कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


Advertisement

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसमा अहिले देखिएको विवाद समाधान गर्न सहमति गर्न सकिने बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सबैको आत्मसम्मान हुने गरी पार्टीमा सहमति गरेर जानुपर्ने बताए।

‘पार्टी एकताका लागि उहाँहरू (गगन थापा विश्वप्रकाश शर्माहरू)सँग सहमति गर्न सकिन्छ तर झुकेर होइन,’ डा. कोइरालाले भने, ‘झुकेर जाने भन्ने हुँदैन। दुवै पक्ष बसेर संवादबाट सहमतिमा पुग्नुपर्छ।’

कांग्रेस सक्काउने योजनाअनुसार नेताहरू प्रयोग भएको नेता कोइरालाको भनाइ थियो। ‘कनट्रोल्ड डेमोक्रेसिको प्य्राक्टिस हुँदै छ। कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भएका छन्,’ उनले भने।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. कोइराला पक्षका नेताहरूको बैठक मंगलबार र बुधबार धुम्बाराहीमा बसेको छ ।


प्रतिकृया दिनुहोस्