Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ।

अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो।

एमाले अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि बादललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका एमाले नेता ऐन महरले बताए।

गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बादल पार्टीमा दोस्रो बरियतामा छन्।

एमालेको आजै बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेता पनि चयन गरेको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट एमालेका २५ सांसद निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस्