Skip

Hamro Sanchar

प्रतिनिधिसभाका जेष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठक बोलाएका छन् ।

बुधबार दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

“संसद् बैठकको छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलन छ,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, “प्रतिनिधिसभाका जेष्ठ सदस्यले बैठक बोलाउनुभएको हो ।”

बिहीबार ९चैत १९० दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।

सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । उनले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।


प्रतिकृया दिनुहोस्