Skip

Hamro Sanchar

देउवा-कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


१७ चैत, काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको हो ।

निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई फोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।

बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजे बस्ने भएको छ।

 


प्रतिकृया दिनुहोस्