Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदारबारमा अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान भएको राष्ट्रपतिको कार्याल्यका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।

 


प्रतिकृया दिनुहोस्