
काठमाडौं । नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार १३ करोड १० लाख नाघेको छ।
५१ दिन मनाउन सफल यस फिल्मले माघ १६ देखि चैत ०७ सम्म उक्त व्यापार गरेको चलचित्र विकास बोर्डले साप्ताहिङ ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो । यो फिल्मका लागि ५ लाख तीनहजारभन्दा बढी टिकट बिक्री भएको छ ।
यो फिल्ममा नायिकाहरू उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् । लेखन र निर्देशन चन्द्र पन्तको हो ।त्यस्तै, चुनावपछि प्रदर्शनमा आएको ‘लालिमा’ले पाँच लाख २९ हजार ग्रस कलेक्सन गरेको छ ।














