Skip

Hamro Sanchar

४० दिन सेवा गरेर घर फर्कीए निर्वाचन प्रहरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको छ।

निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै नेपाल प्रहरीले आज एक औपचारिक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको हो।

निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुलाएको थियो।

भर्ना छनोटमा परेका निर्वाचन प्रहरीहरूलाई नेपाल प्रहरीले देशभर परिचालन गरेको थियो। उनीहरूले करिब ४० दिन सेवा दिएका थिए। निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई खादा लगाएर औपचारिक रूपमा बिदाइ गरिएको हो।


प्रतिकृया दिनुहोस्