Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सबैभन्दा धेरै दाल-भात खाएर रिसालले जिते १५ हजार पुरस्कार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १८ गते


Advertisement

काठमाडौं । नेपालको पहिलो दालभात खाने प्रतियोगिताको उपाधि आयुस रिसालले पाएका छन् ।

मोनालिसा थकालीले आयोजना गरेको नेपालको पहिलो दालभात खाने प्रतियोगिताको उपाधि आयुस रिजालले पाएका हुन् ।

आयुसले २७ सय ग्राम खानालाई १५ मिनेटमा १२ सय ३६ ग्राम मात्र खाएर उपाधि हासिल गरेका हुन् । यस्तै, दोस्रो हुने अशोक न्यौपानेले १५ मिनेटमा ७३६ ग्राम खाए । सरोज देसारले ७०४ ग्राम खाएर तेस्रो भए ।

पहिलो हुने १५ हजार, पोखरा, मुस्ताङ ट्रिप पाएका छन् । यस्तै, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार र गिफ्ट ह्याम्पर पाएका छन् ।

यस्तै १३० जनाबाट आयुस रिसाल, अशोक न्यौपाने, सरोज देसार, आर्यन थापा, स्वकर हमाल, अरून कुनुवार, आयुस्मा महत, असिम राई, प्रसुन अधिकारी र रोजन तामाङ टप टेनमा पुगेका थिए ।

“म आउनुअगाडि नै जित्छु भन्ने थाहा थिए आज जित्दा खुसी लागेको छ,” जितपछि आयुस रिसालले भने “कहिले स्कुलबाट टुर जान पाइन, भात खाएर पोखरा–मुस्ताङ जान पाएँ । मलाई सबैले भाते भन्थे अहिले भात खाएर नै देशकै नम्बर वान भाते भएँ ।”

मोनालिसा थकालीका कार्यकारी निर्देशक निर्मला ओलीले पहिलोपटक खाना खाने प्रतियोगिता गरेर उपाधि दिन पाउँदा गर्व महसुस भएको बताइन् ।

आयोजकका अनुसार १३० जना सहभागीबाट एक हप्ताको प्रतियोगिता पछि १० जना फाइनलका लागि चुनिएका थिए ।


प्रतिकृया दिनुहोस्