Skip

Hamro Sanchar

राप्रपाले काठमाडौँ क्षेत्र नं. २, कागेश्वरी मनोहरामा गर्यो चुनावी प्रचार–प्रसार समिति गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १७ गते


काठमाडौं, माघ १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी मनहरा नगरपालिकामा आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसार समिति गठन गरेको छ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको प्रमुख आतिथ्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सुजित के.सी. को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा मणि सिंखडाको अध्यक्षतामा ४५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज सिंखडाले संगठनलाई जनस्तरसम्म पुर्‍याउँदै जनताको विश्वास जित्न सकिएमा चुनावी विजय सुनिश्चित हुने बताउनुभयो। विशेष अतिथि सुजित के.सी. ले युवाको सक्रिय सहभागिताले पार्टीको अभियानलाई थप ऊर्जा र प्रभावकारिता दिने विश्वास व्यक्त गर्नुभयो।

नवगठित समितिले घरदैलो अभियान, जनभेटघाट कार्यक्रम तथा संगठन विस्तारलाई तीव्र बनाउँदै स्थानीय जनताको समस्या, आवश्यकता र आवाजलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ।

जनविश्वास, इमानदार नेतृत्व र स्पष्ट एजेन्डाका साथ काठमाडौँ क्षेत्र नं. २ मा राप्रपाको उपस्थितिलाई अझ बलियो बनाउँदै विजयतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

राप्रपाले आगामी निर्वाचनका निम्ति काठमाडौँ क्षेत्र नं. २ बाट प्रभावशाली नेत्री कुन्ती पोखरेललाई उमेदवार बनाएको छ ।


प्रतिकृया दिनुहोस्