Skip

Hamro Sanchar

कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

पार्टी प्रवक्ता डा।राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।

रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो।

आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।


प्रतिकृया दिनुहोस्