
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर यसबारे जानकारी गराएको हो ।आयोगले चुनावका लागि आउँदो माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।
भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षामन्त्री महावीर पुन, कानूनमन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

















