Skip

Hamro Sanchar

देउवा र शेखरबीच भेटवार्ता, पार्टीभित्रको विवाद अन्त्य गर्न आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि आग्रह गरेका छन् ।

आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकासका लागि पहल लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।

भेटबारे जानकार पार्टी स्रोतका अनुसार देउवालाई पार्टी एकताका लागि लचकता अपनाउन आग्रह गरेका थिए । पार्टीमा को नेता बन्ने भन्दा पनि एकता प्रमुख आवश्यकता रहेको कोइरालाले देउवासँग बताएका थिए ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन् । अर्कोतर्फ, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधान अनुसार विशोष महाधिवेशन आव्हान नभएको हुँदा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्