Skip

Hamro Sanchar

रघुवीरको आरोप : सरकार आफैँ निर्वाचन बिथोल्न लागिपरेको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफैँ निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने दाबी गरे ।

उपमहासचिव सेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताए ।

उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने विगतको नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्नुपर्ने जिकिरसमेत गरे ।

उनले भने, “अहिले जानीनजानी यो सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको छ । २३ र २४ गते लुटिएका हजारौं हजार सुरक्षा निकायका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् । लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन । भागेका कैदीमध्ये बहुसंख्यक बाहिरै छन् । यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ ?”

साथै, उनले एमालले सर्वोच्च अदालतको आदेश पर्खिरहेको पनि बताए । साथै, चुनाव भएको खण्डमा चुनावमा भाग लिने पनि प्रस्ट पारे ।


प्रतिकृया दिनुहोस्