Skip

Hamro Sanchar

पूर्वप्रधानमन्त्री जियाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ । उहाँ भोलि स्वदेश फर्कनुहुनेछ ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा हिजो बिहान निधन भएको थियो ।

उहाँ बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री हुनुभएको थियो । प्रधानमन्त्रीका रूपमा जियाले नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याउनुभएको योगदान स्मरणीय छ ।


प्रतिकृया दिनुहोस्