Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छोराको हत्या गरेर भाग्दै गरेका असई नागढुंगाबाट पक्राउ, श्रीमती घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २२ गते


Advertisement

काठमाडौं । काठमाडौँको सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुस्कर कार्की आफ्नै ४ महिने छोराको हत्या आरोपमा पक्राउ परेका छन्।

छोराको हत्या गरेर भाग्दै गरेको अवस्थामा आइतबार साँझ नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनको आक्रमणबाट पत्नी कृष्णा साउद पनि घाइते छिन्। उनको उपचार हुँदैछ।

ब्रेन ट्युमरका बिरामी छोरालाई आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पत्नी कृष्णा पनि प्रहरी जवान हुन्। कामकै शिलशिलामा चिनजान भएपछि उनीहरूले विवाह गरेका थिए। उनीहरू दुवै भित्रुवन विमानस्थलमा कार्यरत रहेका एसपी भट्टराईले बताए।

छोराको हत्या गर्ने क्रममा उनले श्रीमतीलाईसमेत कुटपिट गरेर सख्त घाइते बनाएका छन्। टाउकोमा चोट लागेकी कृष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्