Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीलाई पनि भेट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २१ गते


Advertisement

काठमाडौं । जेनजी आन्दोलनका बेला जलेको सिंहदरबार अवलोकन गर्न गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएकी छिन्।

आज दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्न लागेकी हुन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो। भण्डारी पहिलो पटक त्यसको अवलोकनमा गएकी हुन् ।


प्रतिकृया दिनुहोस्