Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्री घिसिङको आग्रह : देशको नेतृत्व गर्छु, मलाई सघाउनुहोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १९ गते


Advertisement

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन्।

गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो बनाउनका लागि सहयोग गर्न अनुरोध गरे ।

उज्यालो नेपाल पार्टी गठन गरेका घिसिङ आफैं चाहिँ कार्यसमितिमा छैनन् । तर उनी आफ्ना राजनीतिक गतिविधि चाहिँ गरिरहेका छन् ।

‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। यसको नेतृत्व गर्नलाई तपाईंहरूको ठूलो साथ सहयोग आवश्यक छ,’ मन्त्री घिसिङले भने ।

उनले अहिले मुलुक परिवर्तनको संघारमा रहेकोले यसलाई संस्थागत गर्न चुनाव अनिवार्य रहेको र निर्वाचित हुन पनि आवश्यक रहेको उनको धारणा छ ।

‘मैले लामो समयसम्म विरुद्ध प्राधिकरण लगायत धेरै ठाउँमा काम गरे र एउटा नेतृत्वदायी भूमिकामा जाने मौका पाएँ । तपाईं आम जनताको साथ सहयोग सद्‌भाव र विश्वासको कारणले म एउटा कर्मचारीको हैसियतले अहिलेसम्म कहिँ पनि सांसद पनि जितेको छैन म कुनै इलेक्सन पनि लडेको छैन तर म एउटा मन्त्रीको रूपमा आज आएको यहाँ छु,’ उनले भने, ‘सबै जनताको विश्वास र जनताको चाहना अनुसार म एउटा मन्त्रीको रूपमा त्यो पनि तीन तीन वटा मन्त्रालय सम्हालेर आएको छु र आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ।’

देशको नेतृत्व गर्न सकेन र सहि ठाउँमा डोहोर्‍याउन सकेन भने एउटा क्षेत्र मात्र राम्रो भएर केही नहुने धारणा राखे ।

‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउनलाई सम्पूर्ण हजारौं लाई हटाएर उज्यालो बनाउनलाई देश को नेतृत्व नै आवश्यक छ भन्ने मलाई लाग्छ यस तर्फ तपाईंहरूको साथ सहयोगको लागि आग्रह गर्छु,’ उनले भने ।


प्रतिकृया दिनुहोस्